• २०८० फाल्गुन १२ गते शनिवार

महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौँ ।  महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा आइतबार राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेटको एम्बुलेन्स पल्टिएको थियो । हाल घाइतेहरूको जानकी एकेडेमी अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये महोत्तरीकै रामगोपालपुर ९ की २४ वर्षीया विनीता देवीको अवस्था गम्भीर रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस