• २०८० फाल्गुन १० गते बिहिवार

ट्र्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौँ । रूपन्देहीको सैनामैना नगरपालिका–२ रिङरोडमा ट्र्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा   सैनामैना नगरपालिका–४ झारबैराका ६० वर्षीय ठगे थारू रहेका छन् ।

उनको तिनाउ अस्पताल बुटवलमा उपचारको क्रममा आइतबार साँझ ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारूलाई सोही ट्र्याक्टरको पछाडिको चक्काले ठक्कर दिएको थियो ।

ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस