• २०८१ पुष २९ गते सोमवार

बन्दुकसहित एक वृद्ध नुवाकोटबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १९, नुवाकोट । अवैध रूपमा राखिएको बन्दुकसहित एक वृद्धलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ । शिवपुरी गाउँपालिका–३ नयाँगाउँ घर भएका स्थानीय ६० वर्षीय हर्कबहादुर तामाङलाई दुई थान भरूवा बन्दुक र त्यसमा प्रयोग गरिने करिव एक किलोग्राम बारूदसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनलाई विदुरस्थित प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस