• २०७९ साउन २४ गते मङ्गलवार

अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् ।जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा धिताललाई नियुक्त गरेका हुन् । पहिलाेचाेटि अर्थमन्त्री हुँदा शर्माकाे प्रेस अजित अधिकारीले हेर्दै आएका थिए ।

धिताल लामाे समयदेखि अस्ट्रेलियामा बस्दै आएका थिए । माओवादीकालमा डा. बाबुराम भट्टराईनिकट रहेका धिताल भट्टराईले पार्टी छाडेर हिँडे पनि उनी कतै गएनन् । जुम्लाका धिताल अस्ट्रेलियामा बसे पनि पत्रकारितामै क्रियाशील थिए ।

प्रतिक्रिया दिनुहोस