• २०७९ साउन २४ गते मङ्गलवार

बालुवाटारमा गठबन्धन बैठक सुरु, सीट बाँडफाँडको तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०, काठमाडौं ।  मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिएसँगै सत्ता गठबन्धनका दलहरु छलफलमा जुटेका छन् । त्यसका लागि गठबन्धन दलका नेताहरुबीच केहिबेर अघिबाट प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । आजको बैठकले निर्वाचनमा सीट बाँडफाँडको तयारी गर्ने एक शिर्ष नेताले जानकारी दिए ।

यसअघि स्थानीय तह निर्वाचनमा महानगर, उपमहानगरसहित कतिपय स्थानमा गठबन्धन गरेर निर्वाचन गरेर ति दलले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने जनाएका छन् ।

नेपाली कांग्रेसले त केही समयअघि बसेको केन्द्रीय समिति बैठकबाट तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरिसकेको छ भने अन्य दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजावादीले पनि तालमेल गरेर अघि बढ्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस