• २०८१ साउन ४ गते शुक्रवार

बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, काठमाडौं । काठमाडौंको बालाजुमा आज बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार व्यक्ति घाईते भएका छन् ।

मृत्यु हुनेमा काठमाडौंको लोलाङका २२ वर्षीय सविन परियार रहेका छन् । घाईते परियारको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा बिहान करिब पौने ६ बजे मृत्यु भएको हो ।

घाईते भएका काठमाडौंको ईन्द्रचोकका अन्दाजी २२ बर्षकै निरज महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सोह्रखुट्टेबाट बालाजु तर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०२३ प ३७७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई आज बिहान ५ बजे सडक छेउको बिजुलिको पोलमा ठोकिएको प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस