• २०८० चैत्र १६ गते शुक्रवार

जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, गुल्मी। गुल्मीमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका युवक ६ महिनापछि पक्राउ परेक छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ बस्ने १९ वर्षका ईश्वर बोहरोलाई पक्राउ गरेको हो ।

बोहरामाथि गत असोज २७ गते मदाने गाउँपालिका–२ बाझकटेरीमा बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको थियो । फरार रहेका आरोपित बोहरालाई चैत २१ गते पक्राउ गरेको हो । बोहरामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस