युवाहरू राष्ट्रको परिवर्तनका लागि सशक्त तथा अग्रगामी शक्ति हुन् । क्षमता, त्याग, निष्ठा, बलिदान र आयामिक्ताकाे सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमूल्य स्राेत एवम् भरपर्दो शक्ति मानिन्छ । युवाहरू स्वभावैले विद्रोही हुन्छन्। । युवाहरुकाे हरेक पल र साेचाईमा परिवर्तनको लागि सकारात्मक र नकारात्मक दुबै किसिमकाे उर्जाहरु पैदा भै रहेकाे पाईन्छ । कार्ल माक्र्सले जुन बेला सर्बहारा बर्गकाे नेतृत्व गर्दै युवाहरुलाई भन्नू भएको छ युवाहरू हो जिते संसार छ, हारे केही पनि छैन भनेर जित्नका लागि संसारभरका युवा वर्गमा नवीन साेच र क्रान्तिकारी बिचार लिएर परिबर्तनकाे लागि लाग्न आह्वान गर्नुभएको थियाे । जसले गर्दा संसारका युवाहरुकाे सकारात्मक साेच र परिवर्तनकारि आन्दोलनले सार्थकता पाएकाे पाईन्छ ।
नेकपा एमालेकाे जनबर्गिय संघठन राष्ट्रिय युवा संघ नेपालले अहिलेकाे विषम परिस्थितिमा बर्तमान सरकारले नेपाली जनता र राष्ट्र माथि भएको अपमान, शाेषण र दमनकाे बारेमा आफुलाई अब्बल साबित गर्दै जनताकाे समस्याको समाधान गर्न र अन्याय र अत्याचारको भण्डाफाेर गरेकाे छ साथै सरकारलाई राम्रा र सकारात्मक कामकाे खुलेर प्रसंसा गर्दै रचनात्मक सहयोग समेत गरेकाे पाईन्छ । तर नेपाली काङ्ग्रेस निकट तरुण दल, माओबादि निकट वाईसियल लगायतका संघठनहरु सरकारले गरेका हरेका गलत कदमलाई समेत आज्ञाकारि भएर समर्थन गरेका छन के यहि हाे आमुल परिवर्तनकारि युवाहरुकाे भुमिका र दायित्व ?
नेपालमा युवा र युवा आन्दाेलनले अन्यायकाे बिरुद्ध न्यायकाे खाेजि, बिकृति र बिसंगतिकाे बिरुद्ध सशक्त युवा आन्दाेलन, सामाजिक रुपान्तरणको लागि अमुल्य याेगदान, हरेक राजनीतिक घटना परिघटनामा सङ्घर्षपुर्ण महाअभियान र देशकाे राजनितिक तथा आर्थिक परिवर्तनको लागि श्रम, सीप क्षमताकाे प्रस्फुटन गरेर युवा हरुले अाआफुलाई अब्बल साबित गरेकाे पाईन्छ । साथै देशमा भएको भुत देखि बर्तमान सम्मका विभिन्न परिवर्तनका घटनाहरुलाई नियाल्दा जनजीविका अनि राज्य स्वाधीनताका लागि, देशमा भएको अराजकता राष्ट्रको शक्ति एवं सत्ताको मञ्चमाथि भएको अनियमितता, नागरिककाे क्षमता एवं बौद्धिकता माथि भएको अपमानितता, नेपालकाे स्वतन्त्रता र नेपाली राजनीतिलाइ आफ्नाे कब्जामा पार्ने खालकाे स्वाधीनता माथिकाे निर्मम प्रहारलाई युवाहरुले संरक्षण, सम्बर्द्धन र कर्तव्य निष्ठ काेणबाट ब्यवस्थापन गर्नकाे लागि पहरेदारकाे भुमिका निर्बाह गरेकाे पाईन्छ ।
राष्ट्रिय युवा संघ नेपालले युवा स्वाराेजगार काेष, राष्ट्रिय युवा परिषद, युवा तथा खेलकुद मन्त्रालय वा विभिन्न निकाय मार्फत स्राेतकाे खाेजि तथा स्राेत परिचालन गरि बिदेशिन लागेका युवा र बिदेशबाट फर्केका युवाहरुलाई देशमानै स्वराेजगारि बनाई राख्ने र बिदेश पलायन हुनबाट युवालाई जाेगाउने जुन लक्ष्य र उदेश्य राखेर काम गरेकाे छ तर अन्य संगठनकाे ध्यान तेता जानू त परैकाे कुरा हाे काम गर्नेलाई समेत बिबिध खालका लान्छना लगाउने, अबरोध सृजना गर्ने र हताेसाहित बनाई काम गर्न नदिने खालकाे गतिविधि गर्ने गरेकाे पाईन्छ ।
पछिल्लाे समयकाे नेपाली राजनीतिमा आर्थिक, सामाजिक, राजनीतिक गतिविधिमा युवापंक्ति मुकदर्शक बनिरहेकाे पाईन्छ । बिशेषत मातृपार्टी संबद्ध भातृ संगठनहरुमा आबद्द युवाहरु पार्टीको कारिन्दामा मात्रै सिमित भएको र राजनीतिक पार्टीकै कारण अनेकन खालकाे नकारात्मक गतिविधिमा समेत मुकदर्शक बनेकाे अवस्था छ । तर नेकपा एमालेकाे जनबर्गिय संघठन राष्ट्रिय युवा संघ नेपालले अहिलेकाे विषम परिस्थितिमा बर्तमान सरकारले नेपाली जनता र राष्ट्र माथि भएको अपमान, शाेषण र दमनकाे बारेमा आफुलाई अब्बल साबित गर्दै जनताकाे समस्याको समाधान गर्न र अन्याय र अत्याचारको भण्डाफाेर गरेकाे छ साथै सरकारलाई राम्रा र सकारात्मक कामकाे खुलेर प्रसंसा गर्दै रचनात्मक सहयोग समेत गरेकाे पाईन्छ । तर नेपाली काङ्ग्रेस निकट तरुण दल, माओबादि निकट वाईसियल लगायतका संघठनहरु सरकारले गरेका हरेका गलत कदमलाई समेत आज्ञाकारि भएर समर्थन गरेका छन के यहि हाे आमुल परिवर्तनकारि युवाहरुकाे भुमिका र दायित्व ?
करिब ४० प्रतिशत युवाशक्ति रहेको नेपालबाट बर्सेनि लाखौँ युवा रोजगार, शिक्षालगायत भविश्यका सुनौलो सपनाको खोजीमा विदेशिईहेका छन् त्याे युवा शक्तिलाई राेक्नकाे लागि राष्ट्रिय युवा संघ नेपालले युवा स्वाराेजगार काेष, राष्ट्रिय युवा परिषद, युवा तथा खेलकुद मन्त्रालय वा विभिन्न निकाय मार्फत स्राेतकाे खाेजि तथा स्राेत परिचालन गरि बिदेशिन लागेका युवा र बिदेशबाट फर्केका युवाहरुलाई देशमानै स्वराेजगारि बनाई राख्ने र बिदेश पलायन हुनबाट युवालाई जाेगाउने जुन लक्ष्य र उदेश्य राखेर काम गरेकाे छ तर अन्य संगठनकाे ध्यान तेता जानू त परैकाे कुरा हाे काम गर्नेलाई समेत बिबिध खालका लान्छना लगाउने, अबरोध सृजना गर्ने र हताेसाहित बनाई काम गर्न नदिने खालकाे गतिविधि गर्ने गरेकाे पाईन्छ । तर त्यस्ता खालका गतिविधिबाट एक रति बिचलित नबनि कन, युवाहरुलाई सीप, क्षमता र दक्ष जनशक्ति निर्माण गरि लाखौं युवाहरुलाई देशमा नै समर्पित गराई सम्बृद्द नेपाल सुखि नेपाली बनाउने कार्यमा सबै जुट्नु पर्ने आजकाे आवश्यक्ता हाे जस्काे नेतृत्व राष्ट्रिय युवा संघ नेपालले गर्छ र गर्नु पर्ने दायित्वलाई कर्तव्य निष्ठ भएर पूरा गर्नु पर्दछ ।
देशलाई सम्बृद्द बनाउन, जनतालाई सुखि बनाउन युवा पङ्तिले ठुलो संघर्ष गर्न जरुरत छ तर निरुत्साहित युवालाई उत्साहित बनाउन र अब्यबस्थित राजनीतिलाई ब्यबस्थित बनाउनकाे लागि जति सक्दाे धेरै युवाहरुलाई राजनीतिक, बैचारिक र परिपक्व बनायर अगाडि बढाउनकाे लागि संघठनले याेजना बद्द तरिकाले महत्त्वपूर्ण भुमिका निर्बाह गर्न जरुरत छ ।
देशकाे आमूल परिवर्तन राजनीतिक बिचार र दृष्टिकोणले महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे हुन्छ तर अधिकांश युवाहरुमा राजनीति आज वितृष्णा बन्दै गएको पाईन्छ कारण सामाजिक सञ्जालमा अनावश्यक धारणा तथा नकारात्मक हल्ला गर्ने, राजनैतिक घटना क्रमहरूको अपव्याख्या गर्ने, युवा माझ नकारात्मक चिन्तनको विकाश गराउने र आफू मात्रै राम्रो र असल छु भनेर राजनीतिमा स्थापित हुन खोज्ने जस्ता कारणले राजनीति युवाहरुकाे बिचमा बितृष्णा बन्न पुगेकाे छ तर त्यस्ता कुराहरुलाई निस्तेज गर्दै युवाहरुलाई नेपाली राजनीतिमा उत्प्रेरित र स्थापित गराउने काममा राष्ट्रिय युवा संघ नेपाल लागेकाे छ र निरन्तर लागि रहन जरुरत छ जसकाे कारण सुखि नेपाली सम्बृद्द नेपालकाे सपना साकार हुन सक्छ ।
राणा शासनदेखि संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापना हुँदा सम्म हजारौं युवाहरुले बलिदान दिइएका छन । यहाँ सम्म आई पुग्दा राजनीतिक कार्यभार पुरा गरेकाे भनेर भन्छाैँ तर अझै राजनीतिका अनेकन माेडहरु अत्यन्तै सङ्घर्षपुर्ण र कठिन छन ती माेडहरु पार गर्न देशलाई सम्बृद्द बनाउन, जनतालाई सुखि बनाउन युवा पङ्तिले ठुलो संघर्ष गर्न जरुरत छ तर निरुत्साहित युवालाई उत्साहित बनाउन र अब्यबस्थित राजनीतिलाई ब्यबस्थित बनाउनकाे लागि जति सक्दाे धेरै युवाहरुलाई राजनीतिक, बैचारिक र परिपक्व बनायर अगाडि बढाउनकाे लागि संघठनले याेजना बद्द तरिकाले महत्त्वपूर्ण भुमिका निर्बाह गर्न जरुरत छ । राजनीतिक नेतृत्वसँग युवावर्गको टाढिँदै गएको सम्बन्धले अर्को दुर्घटना ननिम्त्याउला भन्न सकिँदैन । जसकाे लागि पार्टी नेतृत्व, अन्य संगठनहरुसँग र राजनीति भन्दा बाहिर रहेकाे तमाम युवा समुदायसँग निरन्तर बहस, छलफल र सहकार्य गर्दै उदेश्य र लक्ष्य पूरा गर्न र सम्बृद्द नेपाल सुखि नेपालीकाे लक्ष्य पूरा गर्नु राष्ट्रिय युवा संघ नेपालकाे मुख्य कार्यभार रहेकाे छ ।
(लेखक राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ । )