• २०८१ फाल्गुन ७ गते बुधवार

सुन र चाँदी जस्तो देखिने धातु सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २१, पर्सा । वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट १ सय २० ग्राम सुन र ५ ग्राम चाँदी जस्तो देखिने धातु सहित भारत चम्पारण नगरथाना कतवानी चोक बस्ने ३० वर्षीय बिटटु कुमारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा शरीरमा लुकाई ल्याएको उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस