• २०८१ असोज २२ गते मङ्गलवार

जबरालाई कुर्दै महाअअभियोग सिफारिस समिति  

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै १९, काठमाडौं ।  प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आइतबार पनि बयान लिँदै छ ।

यसका लागि आइतबार बिहान ११ बजेदेखि समितिको आन्तरिक बैठक बसेको छ । मध्यान्ह १२ बजेपछि जबरा बैठक आउनेछन् । तर, यसअघि तयारीका लागि समितिको बैठक बसिरहेको छ ।

४३ वटा प्रश्न तयार पारेको समितिले यसअघिका दुईवटा बैठकमा जबरासँग ६ वटा प्रश्न सोधेको छ ।

प्रतिक्रिया दिनुहोस