• २०८१ फाल्गुन ७ गते बुधवार

क्रिकेट फाइनल : नेपाल टस हारेर ब्याटिङ गर्दै, सोमपाल फर्किए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, काठमाडौं ।  त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।फाइनल खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ । यसअघि टोलीमा रहेका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीले खेल्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्‍याे। नेपालले शृंखलाको लिग चरणमा सत प्रतिशत जितसहित फाइनलको टिकट काटेको थियो । यस्तै, पिएनजीले भने तीन हार र एक जितसहित फाइनलमा स्थान बनाएको हो ।

नेपाल सन्दीप लामिछानेको कप्तानीमा पहिलो शृंखला जित्ने योजनामा छ ।

 

 

प्रतिक्रिया दिनुहोस