• २०८१ चैत्र १० गते सोमवार

तास खेलिरहेको अवस्थामा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका-७ फोर्सपार्कस्थित रमेश माषिमाले संचालन गरेको खाजा पसलमा तास खेलिरहेको अवस्थामा १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५७ हजार ८ सय ४० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस