पुस २०, सुर्खेत । राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायत गठनबन्धन दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन् ।नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतका नरबहादुर विष्ट, नेपाली कांग्रेसबाट सुर्खेतकै सहिद पत्नी दुर्गा गुरुङ र नेकपा एकीकृत समाजवादीबाट सल्यानका उदय बोहोरा उम्मेदवार बनाउने गठबन्धन दलहरूले निर्णय गरेका हुन् ।
यसभन्दा अघि नै एमालेले राष्ट्रियसभाका उम्मेदवार चयन गरि सकेको छ । एमालेका चुडामणि शर्मा तथा गंगा थापा महत र पदमबहादुर माझीको नाम टुङ्गो लगाएको थियो ।