पौष २०, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई युपीको सुल्तानपुरमा कालो झण्डा देखाउने महिला रिता यादवलाई अज्ञात व्यक्तिले गाली हानेका छन् । गोली उनको खुट्टामा लाग्यो । उनलाई घाइते अवस्थामा सुरुमा सिएचसी लुम्भुआमा भर्ना गरियो र पछि थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पताल पठाइयो । त्यहाँ उनको उपचार चलिरहेको छ ।
रिता यादवले मिडियालाई दिएको बयानमा भनेकी छिन्, ‘म पोस्टर बनाउन सुल्तानपुर गएकी थिएँ, त्यहाँबाट घर गइरहेकी थिएँ । त्यति नै बेला हाईवेमा लम्भुआ नजिकै तीन व्यक्तिले ओभरटेक गरेर मेरो बोलेरोलाई रोके र गाली गर्दै मार्ने धम्की दिए ।’