• २०८० चैत्र १५ गते बिहिवार

कतार विश्वकप : नकआउट चरण आजबाट, दुई खेल हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबारबाट नकआउट अर्थात् राउण्ड अफ १६ का खेलहरु सुरु हुँदैछ । शनिबार राउण्ड अफ १६ का दुई खेलहरु हुनेछन् ।

नेदरल्यान्ड्स र अमेरिका
राउण्ड अफ १६ को पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेका छन् । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका भने समूह ‘बी’ को उपविजेता बनेको थियो ।

अर्जेन्टिना र अष्ट्रेलिया
यस्तै दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार अर्जेन्टिना अष्ट्रेलियालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ । अष्ट्रेलिया पनि अर्जेन्टिनालाई घर पठाउदै अघि बढ्ने योजनामा रहेको छ । अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस