• २०७९ माघ २५ गते बुधवार

ब्राजिल क्यामरुनसँग १-० ले पराजित, नकआउट चरणमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं । काठमाडौं । ब्राजिल समूह विजेता बन्दै कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। शुक्रबार राति क्यामरुनसँग १-० ले पराजित भएपनि ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ १६ मा पुगेको हो ।

लुसिअल स्टेडियममा क्यामरुनलाई जित दिलाउन भिन्सेन्ट अबुबाकरले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए । गोल गरेपछि उनी दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । गोलको सेलिब्रेसन मनाउने क्रममा जर्सी फुकालेपछि उनले दोस्रो पहेलो कार्ड पाएका थिए । त्यसअघि क्यामरुनविरुद्ध ब्राजिलले थुप्रै गोलको अवसर गुमाएको थियो । क्यामरुनले पनि गोलको केहि अवसर खेर फालेको थियो ।

यस हारसँगै ब्राजिलले ३ खेलमा ६ अंक जोड्यो । र, ब्राजिल शीर्ष स्थानमा रह्यो । क्यामरुनले ३ खेलमा ४ अंक जोडेको छ । तर, क्यामरुन समूह चरणबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस