• २०८० चैत्र १६ गते शुक्रवार

पाकिस्तान: विपक्षी सिनेटरले बलुच विद्यार्थीहरूको ‘दमन’ मा इमरान खान सरकारको आलोचना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, एजेन्सी। पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी० की नेतृ शेरी रहमानले सिनेटमा बेपत्ता विद्यार्थी हाफिज बलोचको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका बलोच विद्यार्थीहरूप्रति ऐक्यबद्धता देखाए र इमरान खान सरकारलाई दमन रोक्न आग्रह गरिन।

उनले ट्वीटरमा, ‘बेपत्ता विद्यार्थी हाफिज बलोचको रिहाइको माग गर्दै राष्ट्रिय प्रेस क्लबबाहिर क्याम्पमा बसेका बलूच विद्यार्थीहरूसँग ऐक्यबद्धता र बलुच विद्यार्थीहरूलाई हुने धम्की अन्त्य गर्न उनीहरूको समस्याको राजनीतिक समाधान चाहिन्छ, दमन होइन।’ भनेर लेखेकी छिन् ।

इस्लामावाद प्रहरी र बेपत्ता विद्यार्थीहरूको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका बलूच विद्यार्थी बिचमा मंगलबार झडप परेको छ। विद्यार्थीहरूका अनुसार सादा लुगा लगाएका अधिकारीहरूले उनीहरूको मोबाइल फोन खोसे र विरोध शिविर भत्काइदिए भनी स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनीहरुले विद्यार्थी कार्यकर्ताहरूले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई प्रहरीले अनावश्यक रूपमा हातपात र कुटपिट गरेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस