• २०८१ फाल्गुन ७ गते बुधवार

तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, काठमाडौं । उर्लाबारी नगरपालिका-७ बस्ने ५६ वर्षीय कृष्ण बहादुर प्रधानको घरमा तास खेलिरहेको अवस्थामा प्रधान समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४२ हजार १ सय ८५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी दाङको घोराही उपमहागरपालिका-१८ मसिना बस्ने ३२ वर्षीय बुद्धिराम रोकाको घरमा तास खेलिरहेको अवस्थामा रोका लगायत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार ६ सय रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस