• २०८० चैत्र १६ गते शुक्रवार

यस्तो छ भोलि बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, काठमाडौँ । बुधबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् ।

बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस