पौष १९, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप ३ सय २६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २९ हजार २ सय ७७ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ५ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय ५५ जना डिस्चार्ज भएका छन । योसगैं आजसम्म घर फर्किनेको संख्या ८ लाख १२ हजार ६ सय ७४ जना रहेको छ । आज २ जनाको मृत्यु भएको छ । योसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९८ जना पुगेको छ ।