• २०७९ माघ २४ गते मङ्गलवार

उरुग्वेले घानालाई २-० गोल अन्तरले हरायो, दुवै समुह चरणबाट बाहिरिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वेले घानालाई पराजित गरेको छ । अल जानुब स्टेडियममा शुक्रबार राति उरुग्वेले घानालाई २-० गोल अन्तरले हराएको हो ।

उरुग्वेको जितमा दुबै गोल जर्जियन डी अरेस्काटाले गरे । खेलको २१ औं मिनेटमा घानाका आन्द्रे एयु पेनाल्टीमा चुके । उनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो अल्भारेजले बचाए । तर, खेलको २६ औं मिनेटमा अरेस्काटाले गोल गर्दै उरुग्वेलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ३२ औं मिनेटमा अरेस्काटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए ।

घानालाई पराजित गरेपनि उरुग्वे नकआउट चरणमा पुग्न असफल भएको छ । समूह ‘एच’ मा उरुग्वेले ३ खेलमा ४ अंक जोड्यो । उरुग्वे तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ । घाना पनि प्रतियोगिताबाट बाहिरिएको छ । घानाले ३ खेलमा ३ अंक जोड्यो ।

प्रतिक्रिया दिनुहोस