• २०८१ बैशाख ६ गते बिहिवार

कम्बोडिया पठाउने भन्दै २३ लाख ठगी गर्ने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, खोटाङ । कम्बोडिया पठाउने भन्दै ठगी गर्ने पक्राउ परेका छन् । सामाजिक सञ्जालको माध्यमबाट कम्बोडियामा सेक्यूरिटि गार्डको काम लगाइदिने भन्दै ठगी गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका २७ वर्षीय रामकृष्ण आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

आफू कम्बोडियामा होटेलमा सेक्यूरिटि गार्डको काम गरिरहेको बताउँदै आकर्षक तलव सुविधा सहितको सेक्यूरिटि गार्डमा काम मिलाइदिने नाममा विभिन्न व्यक्तिबाट २३ लाख ९७ हजार ठगी गरेको जाहेरी खरखास्तको आधारमा आचार्यलाई काठ्माडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन, काठ्माडौंले पक्राउ गरेको हो । उनले फेसबुक र ह्वाट्स् एपको माध्यमबाट विभिन्न व्यक्तिलाई सम्पर्क गरी बिश्वासमा लिएर ‘प्रोसेसिङ’का लागि भन्दै विभिन्न व्यक्तिको नाममा सञ्चालित बैंक खातामा रकम जम्मा गर्न लगाएको खुलेको प्रहरीले जनाएको छ ।

आरोपितलाई काठ्माडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा पक्राउ गरेको हो । उनलाई ठगी सम्वन्धी कसूरमा आवश्यक अनुसन्धान एबं कारबाहीको लागि जिल्ला प्रहरी परिषर टेकु, काठ्माडौंमा पठाइएको छ । आचार्यलाई जिल्ला प्रहरी कार्यालयले बिहिबार काठ्माडौं पठाएको थियो । यद्यपी पाथेकामा आचार्य जातीको बसोबास नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस