• २०८१ असोज १९ गते शनिवार

भिम रावललाई काठमाडौंका मेयर वालेन शाहको जवाफ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह)ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गरेसगैं काठमाडौंका मेयर वालेन शाहले सामाजिक सञ्जाल मार्फत जवाफ दिएका छन । उनले अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनि अनुमती सहित भेटेको बताएका छन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन “अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं । हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।”

No description available.

भीम रावलले उठाए बालेन साह र अमेरिकी राजदूतबीचको भेटवार्तामाथि प्रश्न

प्रतिक्रिया दिनुहोस