• २०८१ माघ २ गते बुधवार

भोलि सार्वजनिक बिदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १९, काठमाडौं। सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयलले सोमबार विज्ञप्ति निकालेर मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)को अवसरमा मंगलबार सार्वजनिक दिएको जानकारी दिएको हो ।

‘मस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम उक्त बिदा २० वैशाख मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गृहले जारी गरेको सूचनामा उल्लेख छ ।

मंगलबार ईद परेको भन्ने मुस्लिम आयोगका सिफारिसका आधारमा गृहले सार्वजनिक बिदाको सूचना जारी गरेको हो ।

Avatar

प्रतिक्रिया दिनुहोस