• २०८० फाल्गुन १२ गते शनिवार

करेन्ट लागेर एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार चन्द्रकोट गाउँपालिका वडानम्बर-३ सालघारी निवासी २६ वर्षकी सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको हो ।

हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा स्थानीयले अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सहितको टोली घटना स्थलतर्फ लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस