• २०८० चैत्र १६ गते शुक्रवार

पाँच दलीय गठबन्धनले देशलाई विनाशतर्फ धकेल्यो : अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई विनाशको बाटोमा धकेलेको आरोप लगाउनुभएको छ । बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकारले देशलाई ओरालो लगाएको आरोप लगाउनुभयो ।

सरकारलाई देशको चिन्ता नभएकाले देशलाई गठबन्धनले ओरालो यात्रामा पुर्याएको उहाँको दावी रहेको थियो । जनताप्रति सरकार र गठबन्धन अनुत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था समेत डामाडोल बनाएको अध्यक्ष ओलीको आरोप रहेको छ ।

उहाँले भन्नुभयो, ‘यो पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको छ अहिले । विनाशतर्फ धकेलेको छ । आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको छ ।’

प्रतिक्रिया दिनुहोस