माघ १९,बाँके । माघ १९ गते । कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ बाँकेका ८५ वर्षीय बृद्धको मृत्यु भएको हो ।
भेरी अस्पतालमा गत पुस २३ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ भएपछि उनी भोलीपल्ट अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा कुनै सुधार नआएपछि बुधबार बजेतिर मृत्यु भएको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
यो सँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ४७ जनाको मृत्यु भएको छ । यस्तै कोरोना संक्रमित भएर बाँकेमा उपचारका लागि आएका ४ सय ४१ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।