• २०८१ जेष्ठ ३१ गते बिहिवार

५ जनामा कोरोना संक्रमण, २४ जना डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या १० लाख ८९४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ सय ५६ जना रहेका छन । मन्त्रालयका अनुसार २४ आज जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार ७१९ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १९ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस