• २०८० फाल्गुन १२ गते शनिवार

नेप्से १.०८ अंकले ओरालो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, काठमाडौं । सेयर बजार बिहीबार सामान्य ओरालो लागेको छ । बुधवार करिब २२ अंकले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार १.०८ अंकले घटेर १९७२.२९ विन्दुमा झरेको छ । बैंकिङ, व्यापार, उत्पादन, अन्य, म्युचल फन्ड र लगानी समूहको सेयर सामान्य घटेको छ । अरू समूहको सेयर सामान्य बढेको छ ।

यस्तै २२५ वटा कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर १ अर्ब ३८ करोड ३४ लाख २ हजार १६२ रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भयो । राप्ति हाइड्रो र गणपति लघुवित्तको सेयर ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटे पनि सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ । नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस