• २०८१ असार ३ गते आइतवार

नारायण खतिवडाकाे प्रश्न- सरकारले तत्काल किसानलाई मल उपलब्ध गराउन सक्छ ? कि सक्दैन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । सांसद नारायणप्रसाद खतिवडाले तत्काल किसानलाई मल उपलब्ध गराउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले किसानले हरेक वर्ष मल अभाव झेल्दै आएको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरे ।

कालोबजारीमार्फत किसानले महंगोमा मल खरिद गर्नुपरेमा पनि सरकारले मलको समस्या र कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै उनले प्रश्न गरे, ‘सरकारले किसानलाई तत्काल सरकारले मल उपलब्ध गराउन सक्छ कि सक्दैन ?’

प्रतिक्रिया दिनुहोस