• २०८१ फाल्गुन ७ गते बुधवार

दाङको माैरीघाटमा बिग्रिएर रोकी राखेको ट्रकमा बस ठोकिँदा ४ जना सामान्य घाइते

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, दाङ । बुधबार बिहान साढे ४ बजे दाङको राप्ती गाउँपालिका वडा नं. ४ माैरीघाट खिनैटामा रोकि राखेको ट्रकमा बस ठोक्किएको छ । लु १ क ४६७२ नं. को ट्रकमा दार्चुला देखि काठमाडौं तर्फ जाँदै गरेको म १ ख ९३४ नं.को बस ठोक्किएको हो ।

त्यस क्रममा ट्रकका चालक २८ वर्षीय अमलेश गुप्तालाई खुट्टामा चोट लागेको छ भने बसमा सवार तीन जना यात्रु सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

घाईते सबै यात्रु डिस्चार्ज भईसकेको प्रहरीले बताएको छ । ट्रक र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस अनियन्त्रित भएर ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस