फागुन १७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ सय ५८ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार ७६ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ७१ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ३ सय ५४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५७ हजार १ सय ६७ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३८ जना पुगेको छ ।