फागुन १७,काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लेको उपमहासचिव प्रदीप पौडेलले एमसीसी सम्झौता पारित गर्न गरिएको व्याख्यात्मक घोषणालाई औचित्यहीन भएको बताएका छन ।
आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘शाकाहारीले किताबको माछा पो खानु हुन्न, खोलाको त भइहाल्छ नि भन्नेजस्तै’ व्याख्यात्मक घोषणा भएको टिप्पणी गरेका छन् ।
उनले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्दा प्रमुख प्रतिपक्षलाई बेवास्ता गरिएको बताए । “अनुमोदन गर्दा संसदीय प्रक्रियामा सहभागी हुन एमालेलाई वञ्चित गरियो । यो सत्ता गठबन्धनको षड्यन्त्र हो,” उनले भने ।