फागुन १७, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) भारतबाट आएको नयाँ सुचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।
आज बृद्धि भएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमले जनाएको छ । बढेर आएकाे मुल्यमा समायाेजन नगर्दा आगामी १५ दिनमा करिब रू ३ अर्ब ९ कराेड घाटा हुने निगमले जनाएकाे छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को हालसम्म निगमले करीब रू. २८ अर्व नोक्सानी व्यहोरी सकेको छ । पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राख पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ बमोजिम सानो अंशले मूल्य समायोजन गर्दा अब प्रति महिना करीब ६ अर्व भन्दा बढी नोक्सानी हुने स्थिति रही सो बराबरको रकम ऋण लिनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ।
[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/03/001-converted.pdf”]