• २०८१ मङ्सिर २३ गते आइतवार

चाबहिल–गौशाला–तिलगंगा हुँदै सञ्चालन हुने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, काठमाडौं । शिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन मिलाइएको छ । महाशिवरात्रि पर्व– विशेष ट्राफिक व्यवस्थापन योजना’ बमोजिमको सम्पूर्ण व्यवस्था गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पशुपति क्षेत्रमा पूजामा आउने भक्तजन एव दर्शनार्थीको भिडभाडलाई लक्षितगरी सहज आवतजावतको प्रवन्ध मिलाइएको छ । गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ गर्ने स्थानसमेत तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अन्य नियमित दिनझैं चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ । तर, भक्तजनहरुको भिड अत्याधिक भई सवारी सञ्चालनमा समस्या हुने अवस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई बैकल्पिक मार्गबाट संचालनको व्यवस्था मिलाइएको छ ।

गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस