माघ १८, कास्की । पोखरा महानगरपालिका-६ लेकसाईडस्थित सडकबाट करिब १३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र २ थान मोबाइल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रुपन्देही तिलोत्तमा नगरपालिका-२१ बुधवारे बस्ने २१ वर्षीय सुमन रौतार थारु र पाल्पा रिब्दिकोट गाउँपालिका-८ बस्ने सोमर रायमाझी रहेका छन् । उनीहरुले पोखरा नगर क्षेत्रका बिभिन्न स्थानमा अवैद्य लागूऔषध ब्राउन सुगरको खरिद, बिक्री गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले दुवैलाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।