• २०८१ असोज १९ गते शनिवार

आई.एन.एफ मुगुको सम्वृद्धि परियोजना कार्यक्रम : अपांङ्गतादेखि समुह

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

पुष १६ मुगु । जिल्लामा रहेको एक गैर सरकारी संस्थाले जिल्लामै पहिलो पटक सम्वृद्धि परियोजना कार्यक्रमको थालनी गरेको छ । सम्वृद्धि परियोजना आई.एन.एफ नेपाल मुगु शाखा र डार्डो नेपाल मुगुद्धारा सञ्चालित परियोजना कार्यक्रम हाल जिल्लाका छायानाथ रारा नगरपालिका वडा नं १ देखि १४ र खत्याड गाउपालिकाको वडा नं १ देखि ११ सम्म सो परियोजना सञ्चालितमा रहेको हो ।

गएको साउन महिना देखि सुचारुमा आएको परियोजनाले मुगुका दुई स्थानीय तहका ग्रामिण क्षेत्रमा उल्लेखनिय कार्य गर्दे आई रहेको छ । उक्त परियोजनाले यहाका अति विपन्नमा परेका बालवालिका , विशेष गरेर अपांङ्गता भएका बालवालिका र समुह लाई बढि जोड दिने गरे गरेको छ । पछिल्लो समय आई.एन.एफ मुगुले जिल्लामा सम्वृद्धि परियोजना कार्यक्रमको सञ्चालन गर्दे आई रहदा यहाका अपांङ्गता भएका बालवालिकामा केही मात्रा मुहार फेरेका छन् ।

अपांङ्गता भएका बालवालिका विगतका दिनहरुमा विद्यालय , लगायत अन्य सार्वजानिक स्थलहरुमा गतिल्लो सँग उपस्थिती देखिदैन थिए । संस्थाले सो कार्यक्रमको थालनी गरे पछि शिक्षण संस्थाहरुमा अपांङ्गता मैत्री भनवको निर्माण , अपांङ्गता भएका बालवालिकाहरुको पठनपाठनमा एक नियमिता जस्ता यथावत कुरामा सहज भएको अपांङ्गता बालवालिकाले बताएका छन् । शुक्रवार छायानाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाको अध्यक्षतामा गएको अनुगमनको टोलिले यस्तो जनाएको छ । विद्यालयमा अध्ययनरत अपांङ्गता बालवालिकाहरु र अपांङ्गता परिचय पत्र पाएका ब्यक्तिहरुको समान हक अधिकार स्थायित्व गर्न विभिन्न निकायमा पाईने सेवा सुविधा लाई यथावत गर्न र यदि सो सुविधा छैन भने छिट्टै सो संस्थाले कार्यान्वयनमा ल्याउन अनुगमन टोलिले बताएको छ ।

परियोजना सञ्चालन भएका स्थानीय तहका विद्यालयहरुमा अपांङ्गमैत्री भवन हुनुपर्ने यदि छैनन भने पनि निर्माण गर्न लगाउन निर्देशन दिइएको आई.एन.एफ मुगुका पयिोजना अधिकृत अर्पिता कार्कीले बताईन । उनका अनुसार शुक्रवार गरिएको अनुगमनमा नेपाल राष्ट्यि आधारभुत विद्यालय बालचौरमा विद्यालय देखि शौचालय सम्म जानको लागि निर्माण गरिएको अपांङ्गतामैत्री बाटो सन्तोष जनक नभएको कार्कीले बताईन ।

उक्त बाटो लाई पुन निर्माण गर्न सुझाव दिनु भएको छ । त्यस्तै अनुगमनको क्रममा दुई वटा समुह लाई पनि अनुगमन गरिएको थियो । समुहमा रहेका अपांङ्गता बालवालिकाले शिक्षा , स्वास्थ्यमा आवश्यक पर्ने सामानहरुको माग गरेका थिए ।

परियोजनाले यस्ता शिक्षामा आवश्यक पर्ने स्टेशनरीका सामान लगायत अन्य सामग्रीहरु ीवतरण गर्दे आई रहेको छ । अनुगमनमा छायानाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकाया , जिल्ला समन्वय समितिकि समन्वय अधिकारी , स्वास्थ्य सेवा कार्यालय , सामाजिक विकास कार्यालय , डार्डो नेपालका अध्यक्ष लगायत अन्य पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस