कात्तिक १४, नवलपरासी । प्रहरीले लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई २ जनालाई पक्राउ गरेको छ । नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-१३ मौराटाडी बस्ने ५८ वर्षीया महिलाको ३ तोला ५० लाल बराबरको सुनको सिक्री लुटपाट गरेको अभियोगमा सुनवल नगरपालिका-१२ फरौली बस्ने १९ वर्षीय देवराज यादव समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँमा पैदल हिँडिरहेको अवस्थामा लु .७४ प ४५०८ नम्बरको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले महिलाले लगाएको उक्त सिक्री लुटि फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले रामग्राम नगरपालिका-५ बुद्धचोकबाट उनीहरूलाई उक्त मोटरसाइकल र सिक्री सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।