कात्तिक १४, रोल्पा । “मेरो गणना मेरो सहभागीता” भन्ने मुलनारा अनुसार यहि कार्तीक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुन राष्ट्रिय जनगणना २०७८ का लागि गणक तालिम स्थानीय जनगणना कार्यालय सुलिचौरले शनिबार देखि सञ्चालन गरेको छ । स्थानीय जनगणना कार्यालय सुलिचौर अन्तर्गत सुनछहरी, लुङ्ग्री र सुनिलस्मृतिका कुल ८२ जना गणकहरुलाई तालिम दिइन लागेको हो ।
शनिबारबाट सुरुभएको उक्त तालिममा सुनछहरी, सुनिलस्मृति गाउँपालिका अध्यक्ष र लुङ्ग्री गाउँपालिका उपाध्यक्ष, सुनिलस्मृति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको थियो कार्यक्रममा वोल्दै अतिथिहरुले आफु मातहतका स्थानीय नीकायका सवै जनप्रतिनिधि, विद्यालय परिवार, स्वास्थ्यकर्मी, महिला स्वंसेविका, आमा समुह, युवा क्लव लगाएतका निकायहरुलाई सहयोगका लागि निर्देशन गर्ने र गणकहरुले सवै घरघरमा पुगि सत्यतथ्य तथ्याङ्क ल्याउनु पर्ने कुनै असहज र असहयोग भएमा सम्बन्धि वडा कार्यालय वा गाउँपालिकामा समेत सम्पर्क राख्न आह्वान गर्नुभएको थियो ।
५ जना मुख्य प्रशिक्षकबाट प्रशिक्षार्थीहरुलाई तालिम भै रहेको छ भने स्थानीय जनगणना अधिकारीबाट नियमित कक्षा अवलोकन गर्ने कार्य भै रहेको छ । उद्घाटन कार्यक्रममा स्थानीय जनगणना समन्वय समितिका संयोजक तथा सुनिलस्मृति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको स्वागत मन्तव्य स्थानीय जनगणना कार्यालय सुलिचौरका सहायक कर्मचारी भगवती वुढाको सञ्चालन तथा स्थानीय जनगणना अधिकारी नुमाकान्त कालाथोकी अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।