भदौ १५, काठमाडौं । नेकपा एमाले सुदूरपश्चिमका १० जना प्रदेश सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सांसदमध्ये १० सांसदले एकीकृत समाजवादीमा समाहित भएको सनाखत गरेका छन् ।
आन्तरिम मामिला मन्त्री पूर्णा जोशीसहित लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सांसदहरु सुशीला बुढाथोकी, कुलवीर चौधरी, अमर साउद र बलबहादुर सोडारीले एकीकृत समाजवादी रोज्नुभएको छ ।
लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले पनि नेकपा एकीकृत समाजवादी रोज्नुभएको छ । घर्ती समानुपातिकतर्फ पाल्पाबाट निर्वाचित सांसद हुनुहुन्छ ।