साउन १६, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो।
बाबुराम भट्टराई प्रस्तावक र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेतामा चयन भएको जसपा सांसद मोहम्मद इस्तियाक राईले बताए। संसदीय दलको बैठकमा २२ जना सांसद उपस्थित रहेको उनले बताए।