जेष्ठ १७, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको आज बसेको सचिवालय बैठकले सह अध्यक्ष किरण पौडेललाई अध्यक्ष चयन गरेको छ । पुर्व सहमति अनुसार वचन बहादुर सिंहले किरण पौडेललाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।
राष्ट्रिय युवा सघं नेपालको जेठ १६ र १७ गते भएको प्रथम सचिवालय भर्जुअल बैठकबाट पौडेललाई अध्यक्षमा मनोनित गरेको हो ।