• २०८१ मङ्सिर २३ गते आइतवार

कोरोनाले श्रीमानको मृत्युपछि श्रीमतीद्वारा आत्महत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १७, डडेल्धुरा। डडेल्धुरा अस्पतालमा कोरोना संक्रमणको उपचारत श्रीमानको मृत्यु भएपछि कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी छिन् । डडेल्धुरा अस्पताल डडेल्धुरामा कोरोनाको उपचार गराइरहेको बाजुरा जिल्लाका सुरेश कठायतको मुत्यु भएपछि उनकी श्रीमती सरिताले अस्पताल नजिकैको जङ्गलमा झुण्डिएर आत्महत्या गरेकी हुन ।

बाजुरोको छेडेदह गाउँपालिका वडा नं.७ का २८ वर्षीय सुरेशलाई थप उपचारका लागि जेठ २ गते डडेल्धुरा अस्पताल ल्याइएको थियो । शनिबार उपचारको क्रममा सुरेशको मृत्यु भएपछि कुरुवा वस्न आएकी श्रीमतीले रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन । चिकित्सकले मृत घोषणा गर्नुपुवै नै आईसियु कक्षबाट विहानै बेपत्ता भएकी उनलाई बेलुका ५ बजेतिर अस्पताल नजिकै रहेको जंगलमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस