जेठ १७, बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार देखि सोमबार बिहान सम्म ६ संक्रमितको मृत्यु भएको छ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका अनुसार मृतक मध्ये २ जना बाँके, १-१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९१ पुगेको छ भने अन्य जिल्ला बाहिरका २८६ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ