• २०८१ भाद्र २४ गते सोमवार

बलात्कार अभियोगमा २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, पर्सा । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला पर्सामा दुई वटा जर्बजस्ती करणीको घटना बाहिर आएको छ । वीरगञ्ज महानगरपालिकामा १७ वर्षीया किशोरी र जिराभवानी गाउँपालिकाकी १४ वर्षीया बालिका माथि करणी भएको घटना बाहिर आएको हो ।

प्रहरीले १७ वर्षीया किशोरी करणी गरेको अभियोगमा वीरगञ्ज–७ रामटोल बस्ने वर्ष २१ को बाबु भन्ने बिक्रम पटेल कुर्मी र १४ वर्षीया बालिका करणी गरेको अभियोगमा जिराभवानी गाउँपालिका–२ बस्ने २० वर्षीय प्रभु साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरु दुवैजना विरुद्ध पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्धामा म्याद लिई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस