• २०८१ फाल्गुन ७ गते बुधवार

नगदसहित ७ जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, झापा । प्रहरीले झापाको दमक नगरपालिका–६ फागुनन्द चौक स्थित पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा नगदसहित सात जना जुवाडे पक्राउ गरेको छ ।

होटल संचालक दमक नगरपालिका–६ का ५० वर्षीय पवन लिम्बु, दमक–१ का ३५ वर्षीय भक्तीश्वर देवान, दमक–२ का ४५ वर्षीय प्रमोद लिम्बु, दमक–९ का ३५ वर्षीय रमेश महतो, पाँचथर फाल्गुनन्द–८ का ४२ वर्षीय बबिन सुब्बा आङदेम्वे, ईलाम चुलाचुली–१ का ४३ वर्षीय रुपचन्द्र राई र मोरङ पथरीशनिश्चरे–१ का ४७ वर्षीय राज कुमार श्रेष्ठ पक्राउ परेका हुन् ।

हिजो बेलुकी साढे ४ बजे बिशेष सुचनाको आधरमा उनिहरुलाई तास खेलिरहेकै अवस्थामा नगद रु।एक लाख ५७ हजार र तीन बुङ ताससहित ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कर्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस