• २०८१ साउन ३ गते बिहिवार

दाङमा बुधबारदेखि सार्वजनिक यातायातका साधनहरु संचालनमा

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार १६,दाङ । लकडाउनका कारण बन्दका रहेका सार्वजनिक यातायातका सवारी साधन २ महिना पछि बुधबारदेखि संचालनमा आएको छन । कोरोना नियन्त्रण तथा रोकथामका लागि दाङमा गत बैशाख १७ गते देखि सुरु भएको लकडाउन अझै जारी रहेको छ ।

लकडाउन जारी भएपनि केहि खुकुलो भने भएको छ । जिल्ला कोभिड विपत व्यवस्थापन समितिको बैठकले लकडाउनलाई थप खुकुलो पार्दै दाङमा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।

स्थानीय रुटमा स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेर मात्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाइने छ । यस्तै सरकारी कार्यालय, बैंक र बित्तीय संस्था बिहान १० देखि बेलुका ५ बजेसम्म खोल्ने छन् भने पसलहरु बेलुकी ६ बजेसम्म खुल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस