जेष्ठ १६, प्यूठान। प्यूठानमा कोरोना संक्रमितको शव व्यवस्थापन महिला सैनिकले गरेका छन। कारोना संक्रमित भई बिजुवार आईसोलेशनमा उपचारको क्रममा मृत्यु हुनुभएकी प्यूठान नगरपालिका -३ निबासी एक ६६ बर्षीया महिलाको शव विशेष तालिम प्राप्त महिला सैनिक टोलीले व्यवस्थापन गरेको हो ।
आईतबार नेपाली सेनाको ईन्द्रध्वज गण खलगांबाट खटिएको महिला सैनिक टोलीले बिजुवारस्थित झिमरुक नदीमा हिन्दू परम्परानुसार शव व्यवस्थापन गरेको गणपति, प्रमुख सेनानी अर्जुन बिक्रम थापाले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव संभव भएसम्म मृतकको सांस्कृतिक परम्पराअनुसार व्यवस्थापन हुन्छ।’ प्यूठानमा कोरोना संक्रमितको शव व्यवस्थापनमा यसअघि पुरुष सैनिक मात्रै खटिँदै आएका थिए।
इन्द्रध्वज गणले पहिलो पटक उपसेनानी बुद्वलक्षमी श्रेष्ठको नेतृत्वमा पाच जना महिला सैनिकलाई संक्रमितको शव व्यवस्थापनमा खटाएको इन्द्रध्वज गण प्यूठानले बताएको हो । प्यूठानमा आजसम्म मृत्यु भएका ४८ मध्ये १८ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको गणले जनाएको छ ।