• २०८१ माघ २ गते बुधवार

जापानमा तीन हप्ता सङ्कटकाल लम्बियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६,काठमाडौँ। जापानले कोरोनाका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तमा थप तीन हप्ताका लागि लम्ब्याएको छ ।पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर घटे पनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि सङ्कटकाल विस्तार गरिएको जापान सरकारले जनाएको छ ।

जापानमा अहिलेसम्म सात लाख ३८ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने १२ हजार ८ सय १९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस