• २०८१ जेष्ठ ३१ गते बिहिवार

१५ वर्षअघि हराएको हेलिकोप्टर र मानवअवशेष नेपाली सेनाले भेटायो (विज्ञप्ति सिहत)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १७, काठमाडौं । हिमाल सफाईको क्रममा १५ वर्ष अघि हराइ रहेको हेलिकप्टर र मानव अवशेष नेपाली सेनाले भेटिएको छ । सेनाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सफा हिमाल अभियान २०२१ को दौरानमा मानव अवशेष तथा हेलिकप्टरको अवशेष फेला परेको बताएको हो ।

धबलागिरी बेसक्याम्प देखि २०० मिटर दक्षिणतर्फ माउण्टेन ईक्युपमेन्ट सहितका दुई वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी ईटालि वेस क्याम्पतर्फ ९ एन ए सी आर लेखेको हेलिकप्टरको अवशेष समेत समेत फेला परेको सेनाले बताएको छ । मृतकहरुको पहिचान नखुलेकाले यस सम्बन्धमा थप छानविन भइरहेको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस